「 “हानेडा एयरपोर्ट क्रूज / कावासाकी कारखानाका रात्रिकालिन दृश्यावलोकन क्रूज”」को निम्ति सहभागिहरुलाई आव्हान!


हानेडा एअरपोर्ट र कावासाकीका कारखानाहरुलाई समुद्रबाट देखिने रात्रीकालिन दृष्यको आनन्द लिन यो 「 “हानेडा एयरपोर्ट क्रूज / कावासाकी कारखानाका रात्रिकालिन दृश्यावलोकन क्रूज”」को आयोजना गरिदैँछ । हवाईजहाजको ठीक मुनिबाट देख्न सकिने “अण्डर जेट”को आनन्द पनि उठाउँन सक्नुहुनेछ । कृपया अवश्य सहभागि हुनुहोस्!

२०१८ साल,फेब्रुअरी महिना, २४ तारिख(शनिबार)

कोर्स १:हानेडा एयरपोर्ट क्रुज(ओता वार्डबाट)
१६:००~१८:००
(कोर्स)ओमोरी फुरुसातोको हामाबे कोउएन फुनाचुकिबा⇒हानेडा हवाई अड्डा ⇒ कावासाकीका कारखानाहरुको रात्रिकालिन दृश्य⇒नेमोतोजोउसेन्ज्योउ(कावासाकी शी)

(भेला हुने स्थान) ओमोरी फुरुसातोनो हामाबेकोउएन रेष्ट हाउस
केइहिनक्युउकोउ लाईन「हेइवाजिमा स्टेशन」बाट पैदल १६ मिनट



कोर्स २:कावासाकी कारखानाका रात्रिकालिन दृश्यावलोकन क्रूज(कावासाकी शीबाट)
१८:३०~२०:३०
(कोर्स)नेमोतोजोउसेन्ज्यो(कावासाकी शी)⇒कावासाकीका कारखानाहरुको रात्रीकालिन दृश्य ⇒हानेडा हवाई अड्डा ⇒ओमोरी फुरुसातोको हामाबे कोउएन फुनाचुकिबा

(भेला हुने स्थान)नेमोतोजोउसेन्ज्यो
केइहिनक्युउकोउदाइसि लाईन(कोजिमा सिन्देन स्टेशन)बाट पैदल १० मिनट



【सहभागी शुल्क (कर समावेश)】
 वयस्क ३,५०० येन (प्राथमिक विद्यालयका विद्यार्थीलाई २,००० येन र प्राथमिक विधालय मुनिका बच्चालाई नि:शुल्क) १ सफ्ट ड्रिङ्क पनि समाविष्ट छ ।

【क्षमता】
 पहिला आउँनेलाई पहिला सुविधाको आधारमा १०० जना(सीट आफूखुशी)

【आवेदन शुरू】
 हेइसेई ३०साल(२०१८ साल),जनवरी महिना,२५ तारिख(बिहिवार)१० बजेबाट

【यात्रा सामग्री, आरक्षण / रद्द गर्ने विधिको बारेमा सोधपुछ】
 ・ताबि प्लस वान (WBF अनलाइन कं. लिमिटेड)
  टेलिफोन:०३-६८६६-९६०८(सोमबार~शनिबार १०:००~१८:००, बिदाका दिन बाहेक)
 ・ओता वार्ड पर्यटन विभाग
  फोन:०३-५७४४-१३२२
  फ्याक्स : ०३-५७४४-१३२३