अन्तर्राष्ट्रिय शहर ओओता महोत्सवमा “स्काई डे” हानेदा



「हानेदाबाट संसारभर」भन्ने विषयवस्तुमा, अन्तर्राष्ट्रिय विनिमय रङ्ग योजनाका साथ आगन्तुकहरुको लागि आतिथ्यता प्रदान गर्दछौं ।आफ्नो परिवार, साथीहरुलाई निम्तो दिनुहोस् र आउनुहोस्।

● मिति र समय
२०१७ साल, सेप्टेम्बर ३० तारिख(शनिवार)
बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म
※ हल्का बर्षा भएपनि कार्यक्रम हुनेछ,तुफानी मौसम भए मात्र कार्यक्रम रद्द हुनेछ ।

●स्थान
हानेदा विमानस्थल पुरानो विकास क्षेत्र(ठेगाना:ओओता-कु, हानेदा विमानस्थल १ च्योमे,५ नंबर)

● पहुँच
•केहिनक्यूको तेन्कुबासि स्टेशन, टोक्यो मोनोरेल तेन्कुबासि स्टेशनबाट 5 मिनेट पैदल
•जे आर ओमोरी, कामता स्टेशन पूर्व द्वार बाट नि: शुल्क बस सेवा

शटल बस समयतालिका
shuttle-bus-map-e
* सकभर सार्वजनिक यातायात प्रयोग गर्न सिफारिस गरिएको छ।
* साइकल पार्किङ उपलब्ध हुनेछ।

● सामग्रीहरू
•स्टेज कार्यक्रम, (दुनियाभरका संगीत र जापानी पारंपरिक संस्कृति, जस्तै मिकोसी,ओबायासी आदि)
•घरेलू र अन्तरराष्ट्रीय बूथ प्रदर्शनी(हरेक देशको परिचय, कार्यशाला, किचन कार, अन्तरराष्ट्रीय व्यञ्जन र परंपरागत हस्तकला सामाग्री आदिको बिक्री)
•विभिन्न आकर्षणहरू
•विश्व खाना कोटबाट बिश्वभरका खानेकुरा र जापानका विभिन्न ठाउँका विशेष उत्पादनहरूको आनन्द लिन सकिन्छ ।

【सोधपुछ】पर्यटन विभाग पर्यटन प्रवर्द्वन अधिकारी
☎०३-५७४४-१३२२, फ्याक्स ०३-५७४४-१३२३