जापानी भाषा पढाइ र लेखन कक्षा


बिधालयमा पर्याप्त अध्ययन नगरेका व्यक्तिहरु,जापानी भाषाको पठन-लेखन सिक्न चाहानेहरुका निमित्त संचालित कक्षाकोठा हो यो ।हिरागाना, काताकाना र दैनिक जीवनमा आवश्यक सरल वाक्य आदिको पढाइ र लेखनको अध्यापन गरिन्छ ।

● लक्ष
निम्न सबै शर्तहरू पूरा गर्नेहरु
१६ वर्ष र सोभन्दा अधिक उमेर
पहिलो पटक जापानी भाषा अध्ययन गर्दै गरेका, ती व्यक्तिहरू जो जापानी भाषामा दैनिक वार्तालाप गर्न सक्दैनन्

●क्षमता:३० जना

● मिति र समय: अक्टोबर १५ तारिखदेखि डिसेम्बर ३ तारिखसम्मको अवधिभित्र
हरेक आइतबार दिउँसो १ बजेदेखि दिउँसो ३ बजेसम्म (जम्मा ८ पटक)

● स्थान: उपभोक्ता जीवन शैली केन्द्र(ओओता कु,कामता ५-१३-२६ ) पहिलो तल्ला mics ओओता कक्षा कोठा

● शुल्क ५०० येन (जम्मा ८ पटक)


● सामग्री:
हिरागाना, काताकाना, सरल दैनिक कुराकानी

● आवेदन विधि: अवेदन फारम भरेर,बहुसाँस्कृतिक प्रबर्धन केन्द्रमा ल्याउँने अथवा हुलाक वा इ-मेलमार्फत पठाउनुहोस्।

【आवेदन/सोधपुछ】
ओओता वार्ड बहुसांस्कृतिक संवर्धन केंद्र
☎ ०३-६४२४-८८२२
फ्याक्स ०३-५७१०-६३३०
ई-मेल info@micsota.jp